अख्तरले यस्तो गम्भिर आरोप लगाएपछि बोले पारस खड्का, ‘मलाई बदनाम गर्ने षडयन्त्र भयो’

अख्तरले यस्तो गम्भिर आरोप लगाएपछि बोले पारस खड्का, ‘मलाई बदनाम गर्ने षडयन्त्र भयो’

काठमाडौं। राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले आफूमाथि इपीएल संस्थापक आमिर अख्तरले लगाएको आरोप ‘कपोलकल्पित र भ्रामक’ भएको बताएका छन्। अख्तरले पारस, कप्तान ज्ञानेन्द्र मल्ल र क्यान सदस्य छुम्बी लामा मिलेर क्रिकेटमा व्यापार गरेको र त्यसले भ्रष्टाचार हुनसक्ने आरोप लगाएका थिए।

त्यसमा पारसले भन्छन्, ‘‘नियत र इमान्दारीतामाथि गरिएको प्रश्न बदनाम गर्ने प्रयत्नमात्र हो। कपोलकल्पित र भ्रामक आरोपले कत्ति पनि विचलित हुनेछैन।’’

एभरेष्ट प्रिमियर लिग (इपीएल) क्रिकेट प्रतियोगिताका संस्थापक आमिर अख्तरले खेलाडीद्वय खड्का र ज्ञानेन्द्र मल्ल तथा नेपाल क्रिकेट संघ (क्यान)का सदस्य बलियो नेपाल अभियान कार्यक्रममार्फत एक साथ अघि बढ्दा ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ हुने भन्दै प्रश्न उठाएका थिए।

उनले क्यानका सदस्यसँगै वर्तमान टोलीका कप्तान मल्ल र खेलाडी एउटै व्यवसायिक प्रकृतिको कार्यक्रममा संग्लन भएकाले क्यानले यसबारे अनुसन्धान गर्नुपर्ने माग गर्दै क्यान पदाधिकारीलाई इमेल समेत लेखेका थिए। सोही विषय समेटेर तयार पारिएको समाचार प्रतिसमेत खेलाडी मल्ल, खड्का र क्यान सदस्य लामाले आपत्ति जनाएका छन।

खड्काले शुक्रबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आजसम्म आफ्नो नियत र इमानदारीतामाथि कसैले प्रश्न नगरेको भन्दै नेपाली क्रिकेटबाट वर्षौदेखि लाभ लिइरहेका एक व्यक्तिले कपोलकल्पित र नियोजित ढंगबाट ुगलत भएको हुन सक्नेु भन्दै मेरो, राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्ल र क्यानका बोर्ड सदस्य छुम्बी लामाको नियत र इमानदारीतामा प्रश्न गरी प्रकाशित गरेको समाचारले अत्यन्तै दुस्खी बनाएको उल्लेख गरेका छन।

‘तर, आजसम्म मेरो नियत र इमानदारीतामाथि कसैले प्रश्न गरेको थिएन। नेपाली क्रिकेटबाट वर्षौदेखि लाभ लिइरहेका एक व्यक्तिले कपोलकल्पित र नियोजित ढंगबाट गलत भएको हुन सक्ने भन्दै मेरो, राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्ल र क्यानका बोर्ड सदस्य छुम्बी लामाको नियत र इमानदारीतामा प्रश्न गरी प्रकाशित गरेको समाचारले मलाई अत्यन्तै दुस्खी बनाएको छ। यो समाचारको म खण्डन गर्दछु र कुनै प्रमाणविना लगाएको यो गलत आरोप केवल बदनाम गराउने प्रयत्न मात्र हो । यसलाई यही अर्थमा बुझिदिनु हुन सम्पूर्ण क्रिकेट प्रेमी नेपालीमा आग्रह गर्दछु,’ पारसले गरेको पोस्टमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *