यस्तो गोप्य सूचना पाएपछि हतारिदैँ शितलनिवास छिरे एमाले अध्यक्ष ओली !

यस्तो गोप्य सूचना पाएपछि हतारिदैँ शितलनिवास छिरे एमाले अध्यक्ष ओली !

केहीदिन अघि एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गोप्य सूचना पाएको खुलासा भएको छ । त्यो गोप्य सूचना राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाभियोग लगाउनेबारे विपक्षी गठबन्धनले छलफल नै गरेका थियो ।

उक्त सूचना आफूलाई आएको भन्दैँ हिजो मात्रै एउटा कार्यक्रममा बताएका थिए । राष्ट्रपतिलाई महाअभियोग लगाउने सपना नदेख्न समेत उनले चेतावनी दिएका थिए ।यसैबीच, उक्त सूचनापछि नै अध्यक्ष ओली राष्ट्रपति भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन् ।

प्रधानमन्त्रीबाट हटेपछि ओलीले पहिलोपटक आज राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन् । उनहरुबीच अहिले भेटवार्ता जारी छ ।पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले राष्ट्रपतिमाथि महाभियोग लगाउने दुस्प्रयास भैरहेको भन्दै त्यस्तो सपना नदेख्न प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई चेतावनी दिएका थिए ।

उनले प्रधानमन्त्री देउवा र दाहालले राष्ट्रपतिमाथि महाभियोग लगाउनेबारे छलफल गरेको सूचना पाएको भन्दै बैठकमा त्यसबारेमा यस्तो टिप्पणी गरेका थिए ।यसैबीच, यता नेकपा (एमाले) ले वरिष्ठ नेता माधवकुमार नेपालसहित बाटो बिराएका नेतालाई आममाफी दिने घोषणा अनुमोदन गरेको छ।

केन्द्रीय कमिटीको १० औं बैठकले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली हदैसम्म लचिलो हुँदै आममाफीको प्रस्ताव अनुमोदन गरेको हो।पुष्पलाल स्मृति दिवसको अवसरमा आममाफी दिने घोषणा गरेका अध्यक्ष ओलीले केन्द्रीय कमिटीको बैठक प्रस्ताव नै गरे।केन्द्रीय सदस्य लक्ष्मण ज्ञवालीले अध्यक्ष ओलीको बाटो बिराएका साथीहरूलाई आममाफी गर्ने प्रस्ताव सर्वसम्मतले अनुमोदन गरेको जानकारी दिए।

अध्यक्ष ओलीले बैठकमा विगतमा आफूबाट भएका कमी कमजोरीलाई पनि स्वीकार गरेका थिए। ‘समयमा निष्कर्षमा पुग्न नसक्नु मेरो पनि कमजोरी हो, ममा यो कमजोरीको महसुस भएको छ’, उनले भने।

अध्यक्ष ओलीले पार्टीको एकताको रक्षाका लागि आफ्नो तर्फबाट हरसम्भव कोसिस हुने बताउँदै पार्टीमा सकारात्मक योगदान गर्ने सबैलाई विगतका गल्तीहरूप्रति उन्मुक्ति दिँदै काम गर्ने वातावरण निर्माण गरिने स्पष्ट पारे।

उनले अन्तरघात र आन्दोलनलाई अन्तरध्वंश गर्ने प्रवृत्ति भने क्षम्य नहुने बताए। अध्यक्ष ओलीले उच्च मनोबलका साथ देश, जनता र आन्दोलनको हितलाई सर्वोपरि राखेर क्रियाशील हुन आह्वान गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *