आगामी तीन दिन नेपालका यि यि स्थानमा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध गर्दै आकस्मिक सूचना जारी

आगामी तीन दिन नेपालका यि यि स्थानमा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध गर्दै आकस्मिक सूचना जारी

काठमाडौं । आज भारी बर्षाको सम्भावना रहेको छ ।सतर्कता अपनाउन अनुरोध गर्दै आकस्मिक सूचना जारी गरिएको छ ।हाल देशभर सामान्यदेखि पूर्णसम्म मौसम बदली छ भने कर्णाली र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू–भाग नजिक बदली भएको हो ।महाशाखाका अनुसार आज दिउँसो देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।यस क्रममा प्रदेश १, लुम्बिनि र बागमती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

यस्तै राति पनि दशेका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।मौसम विश्लेषण (Meteorological Analysis) मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू-भाग नजिक रहेको छ ।हाल मौसमको अवस्था (Present Weather Status) हाल देशभर सामान्य देखि पुर्ण बदली रहि कर्णालि र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान २०७८ साउन ८ गते ( शुक्रबार)दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।प्रदेश १, लुम्बिनि तथा बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती: देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

२०७८ साउन ९ गते ( शनिबार) दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ

राती: देशभर सामान्यतया बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।२०७८ साउन १० गते ( आईतबार) दिउँसो: देशभर सामान्यतया बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।राती: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १,बागमती,गण्डकि,लुम्बिनि,कर्णालि र सुदुर पशचिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours) प्रदेश नं १, बागमती, लुम्बिनी तथा सुदुरपश्चचिम प्रदेशका एक-दुई स्थानमा भारी बर्षाको संभाबना रहेको हुनाले पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको हुनाले नदि नाला र खहरेखोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाअउन हुन अनुरोध छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *