ओली समूहका शक्तिशाली २० नेता माधव क्याम्पमा प्रवेश , सांसदको संख्या ४३ पुग्यो

ओली समूहका शक्तिशाली २० नेता माधव क्याम्पमा प्रवेश , सांसदको संख्या ४३ पुग्यो

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले चरम आन्तरिक विवादमा फसेको छ । आन्तरिक विवादसँगै विभाजनको अवस्थामा पुगेको एमालेभित्र क्याम्प परिवर्तन गर्न नेताहरु तयार भएका छन् ।

गत आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिँदै अध्यक्ष केपी शर्मा ओली समूहका आठ जना नेताहरु माधवकुमार नेपाल समूहमा गए । ओली समूहका ८ सहित २२ जना एमालेका सांसदहरुले देउवा सरकारलाई विश्वासको मत दिए । साथै नेपाल समूहका ११ जनाले मतदानमा सहभागी भएनन् ।

प्रतिपक्षी दल भएर पार्टीको निर्णय विपरीत देउवा सरकारलाई विश्वासको मत दिएपछि एमालेको आन्तरिक विवाद चरमोत्कर्षमा पुगेको छ । यसले एमालेको एकतालाई भन्दा विभाजनलाई सजिलो बनाउँदै लगेको देखिन्छ ।

यसैक्रममा मंगलबार दुवै समूहको बैठक बस्यो । नेपाल समूहको बैठक ओली खेमाबाट नेपाल समूहमा आएका सांसद कृष्णकुमार श्रेष्ठ (किसान)ले माधवकुमार नेपाललाई संसदीय दलको नेता बन्न प्रस्ताव गरे । यसका लागि आफूले संस्थापन ओली समूहबाट २० जना सांसद ल्याउने प्रतिबद्धता जनाउँदै उनले माधवकुमारलाई दलको नेता बन्न सुझाव दिएका हुन् ।

देउवा सरकारलाई विश्वासको मत दिएका २० सांसदहरुसँग संस्थापन समूहले स्पष्टीकरण सोधेको छ । स्पष्टीकरण सोधेको अवस्था २० सांसदहरुको मंगलबार बैठक बसेको हो ।

ओली समूहबाट गोपाल बम, धनबहादुर बुढा, पार्वती विशंखे, समिना हुसेन, प्रेम आले, कृष्णकुमार श्रेष्ठ (किसान), बिना बुढाथोकी र हीरा केसी नेपाल समूहमा आएका छन् । सांसद किसानले नेता नेपाललाई आफू २० जना सांसद ओली समूहबाट ल्याउने जानकारी दिए पनि नाम भने उल्लेख नगरेको एक नेताले जानकारी दिए ।

संस्थापन समूहबाट २० जना सांसद ल्याएर ओलीलाई अल्पमतमा पार्न सकिने भन्दै नेता किसानले नेता नेपाललाई संसदीय दलको नेता बन्न सुझाव दिएका हुन् । मौजुदा प्रतिनिधि सभामा एमालेका १ सय २१ जना सांसद छन् । देउवालाई विश्वासको मत दिएका २२, मतदान बहिस्कार गरेका ११ र बाँकी ३ गरी ३६ जना नेपाल समूहका सांसद रहेको देखिन्छ । जसमा भीम रावलदेखि योगेश भट्टराईसमेत हुन् ।

बहुमत पु¥याउन ६१ सांसद चाहिन्छ । संसदीय दलको नेता बन्न नेपाल समूहलाई २५ सांसद अपुग हुन्छ । किसान श्रेष्ठले २० सांसद ल्याउँदा ५ अपुग हुने देखिन्छ । https://www.canadanepal.com/ बाट साभार गरीएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *