अन्तिम आएर बल्ल गर्यो माधव नेपाल पक्षले पार्टीको पक्षमा यस्तो बोल्ड निर्णय, देशभरका एमाले नेताकार्यकर्ताहरु समेत परे दंग !

अन्तिम आएर बल्ल गर्यो माधव नेपाल पक्षले पार्टीको पक्षमा यस्तो बोल्ड निर्णय, देशभरका एमाले नेताकार्यकर्ताहरु समेत परे दंग !

लामो समयदेखि विपक्ष गठबन्धनलाई दह्रो साथ दिदैँ आएको नेकपा एमाले वरिष्ठ नेता माधव नेपाल पक्षले अहिले आएर पार्टीको पक्षमा निर्णय गरेको छ ।पार्टीमा असन्तुष्ट नेता माधवकुमार नेपाल पक्षको बैठकले अध्यक्ष केपी शर्मा ओलीसँग एकता गरेरै जाने निर्णय गरेको छ ।

नेपाल पक्षका केन्द्रीय कमिटी सदस्य र प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा विश्वासको मत दिएका २२ सांसदले पार्टी एकता गरेरै जाने निर्णय गरेको छ ।प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएपछि एमाले विभाजन हुनसक्ने चर्चाबीच नेपाल पक्षले एकतामै जोड दिएको छ ।

नेपाल पक्षको बैठकले १० बुँदे सहमति भइसकेको अवस्थामा अदालतको फैसलाविरुद्ध पार्टी नेतालाई स्पष्टीकरण सोध्ने, नेता माधवकुमार नेपालविरुद्ध नाराबाजी गर्ने गतिविधिप्रति खेद जनाउँदै एकताका लागि गम्भीर हुन अध्यक्ष ओलीलाई ध्यानाकर्षण गराउने प्रस्ताव पारित गरेको नेता रजुजी पन्तले जानकारी दिए ।

अर्कोतिर अध्यक्ष ओली पक्षको केन्द्रीय कमिटी बैठक समेत ३ दिनदेखि चलिरहेको छ । नेपाल पक्षका कार्यदल संयोजक तथा उपाध्यक्ष भीम रावल नेपाल पक्षको बैठकमा सहभागी भएका थिएनन् ।

नेपाल पक्षको बैठकले पार्टी एकतामै जोड दिएपछि अब देउवा सरकारमा जाने सम्भावना टरेको नेपाल पक्षका एक नेताले जानकारी दिए ।सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले भने नेपाल पक्षलाई सरकारमै आउन जोड दिइरहेको छ ।

उसो त विवाद समाधान कार्यदलले तयार पारेको १० बुँदे सहमति प्रस्तावलाई अस्वीकार गरेको एमालेको असन्तुष्ट समूहले एकताका लागि पार्टी अध्यक्षबाट केपी शर्मा ओलीको राजीनामा आउनुपर्ने नयाँ सर्त हिजो मात्रै अघि सारेका थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका एमालेका २२ सांसदले ओलीले अध्यक्ष पदबाट राजीनामा दिएर एकताको प्रक्रिया सुरु गर्न आग्रह गरेका थिए । वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने सांसदसँग मंगलबार छलफल गरेका थिए । उक्त छलफलमा ओलीले अध्यक्ष पद छाडेमात्रै पार्टी एकता प्रक्रिया अगाडि बढ्ने धारणा सांसदहरुले राखेका हुन् । ‘तपाईंले पार्टी एकता गर्न चाहनुहुन्छ, अझै पनि लोकतन्त्रलाई बचाउन चाहनुहुन्छ भने मार्गप्रशस्त गर्नुस् । तपाईंले पार्टी अध्यक्ष छोड्नुस्,’ झाँक्रीले भनिन्, ‘त्यसले नेकपा एमाले एकताबद्ध पनि हुन्छ । र, हामी नयाँ ढंगले अगाडि जान सक्छौं । होइन भने हामीसँग पटक(पटक बदलाको भावना राखेर हुँदैन ।’

यसअघि नेपाल समूहले एकताका लागि ओलीले प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक पद छाड्नुपर्ने सर्त राख्दै आएको थियो । असार २८ मा सर्वोच्च अदालतले प्रतिनिसधसभा पुनःस्थापना र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएसँगै ओली पदमुक्त भएका थिए ।बैठकमा नेपालले भने ओलीका गतिविधि हेरेर सामूहिक रुपमा आवश्यक निर्णय लिइने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *