सबै माओवादी मिलेर २०६४ मा फर्कने, प्रचण्ड–वैद्य–बाबुराम–विप्लवबिच एकताको सुत्र

सबै माओवादी मिलेर २०६४ मा फर्कने, प्रचण्ड–वैद्य–बाबुराम–विप्लवबिच एकताको सुत्र

कुनै बेला ‘बुलेट’ र ‘ब्यालेट’को दुवै मोर्चामा बहुमतमा रहेको माओवादी पार्टी र आन्दोलन यतिबेला विभिन्न ध्रुवमा बाँडिएको छ। माओवादी आन्दोलनका विभिन्न घटकमा बाँडिएका नेताहरू अहिले पनि एकअर्काको प्रतिध्रुवमा उभिँदा कार्यकर्ता र समर्थक जनताको ध्यान एकताको पक्षमा देखिएको छ।

कार्यकर्ताले सामाजिक सञ्जालमा व्यक्त गरेका विचारहरू हेर्दा उनीहरू हरहालतमा माओवादी शक्तिहरू एक होउन् भन्ने चाहन्छन्।भावना कार्यदिशा र पार्टी एकताका निम्ति महत्वपूर्ण आधार हो। तर, भावनाले मात्र पार्टी एकता हुँदैन।

पार्टी एकताका निम्ति विचारधारात्मक राजनीतिक कार्यदिशामा देखिएका अन्तरमा एकरूपता कायम हुनुपर्छ। तर, हामीकहाँ माओवादी घटक आ–आफ्नै बाटो हिँड्ने, त्यसरी हिँड्दा सफलता मिलेमा अर्को घटकलाई दोष दिने, असफल भएमा एकताको औचित्य देख्ने अवसरवादी सोंच देखिएको छ। तसर्थ, एकताका निम्ति हामीले ठोस वैचारिक, राजनीतिक र संगठनात्मक आधार तयार पार्नुपर्छ।

यतिबेला माओवादी आन्दोलन मूलतः चार कित्तामा बाँडिएको छ, १। प्रचण्ड नेतृत्वको नेकपा ९माओवादी केन्द्र०, २। मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा ९क्रान्तिकारी–माओवादी०, ३। डा। बाबुराम भट्टराई नेतृत्वको जनता समाजवादी पार्टीको प्रगतिशील समूह र ४। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी।

यसबाहेक आहुतिको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, गोपाल किराँतीको नेकपा ९माओवादी केन्द्र०, रवीन्द्र श्रेष्ठको नेकपा (बोल्सेभिक) लगायतका अरु घटकहरू पनि छन्।तर, तिनीहरूको अलग वैचारिक दृष्टिकोण र संगठनात्मक आधार नभएका कारण उल्लेखित चार घटकहरूभित्र नै उनीहरूलाई राखेर हेर्न सकिन्छ।

एमालेसँग एकता प्रक्रिया भंग भएपछि र पछिल्लोसमय केपी शर्मा ओली र माधवकुमार नेपालबिच समझदारी जुटेपछि माओवादी केन्द्रका नेता–कार्यकर्ताले २०६४ कै अवस्थामा माओवादी एकताको आवाज उठाएका छन्। एकताको चाहना असाध्यै राम्रो छ।

तर, एकतापूर्व हामीले माओवादी घटकबिच के–के कुरामा बिमति छन्, के–के कुरामा नजिक छन् र के–के आधारमा एकता गर्न सकिन्छ रु त्यसबारे गहन छलफल गर्न आवश्यक छ।म यहाँ बुंदागत रूपमा ती कुरालाई सरल रूपमा उल्लेख गर्न चाहन्छु, ताकि नेताहरूले ती कुरालाई ध्यानमा राखेर एकताको आधार खोजून् र माओवादी आन्दोलन फेरि एकीकृत हुन सकोस्।

अरु घटकसँग बिमति
१। प्रचण्ड नेतृत्वको माओवादी केन्द्र र मोहन वैद्य नेतृत्वको नेकपा ९क्रान्तिकारी–माओवादी० बिच जनयुद्ध र जनआन्दोलनबाट स्थापित वर्तमान राज्य प्रणाली र उत्पादन पद्धतिलाई बुझ्ने सवालमा अन्तर देखिन्छ।माओवादी केन्द्र नेपालमा पूँजीवादी जनवादी क्रान्तिको मूलभूत कार्यभार पूरा भएको निष्कर्षमा छ। तर, क्रान्तिकारी–माओवादी नेपालमा पूँजीवादी जनवादी क्रान्ति पूरा भइनसकेको निष्कर्षमा छ।

यसका साथै माओवादी केन्द्रले वर्तमान संसदलाई परम्परागत संसद होइन, प्रगतिशील चरित्रको संसदका रूपमा परिभाषित गरेको छ। तर, क्रान्तिकारी–माओवादी वर्तमान संसदलाई परम्परागत बुर्जुवा संसदका रूपमा परिभाषित गरेको छ।२। प्रचण्ड नेतृत्वको माओवादी केन्द्र र डा। भट्टराईको जनता समाजवादी पार्टीबिच विश्वदृष्टिकोणमै अन्तर छ।

नयाँ संविधान निर्माणपछि डा। भट्टराईले कम्युनिस्ट आन्दोलन नै परित्याग गरी वामपन्थी लोकतान्त्रिक शक्तिका रूपमा नयाँ शक्ति निर्माण गरेका थिए। त्यहाँदेखि यहाँसम्म आइपुग्दा डा। भट्टराई गैरकम्युनिस्ट तर वामपन्थी शक्तिका रूपमा रहेका छन्।३। नेकपा ९माओवादी केन्द्र० र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबिच वर्तमान राजनीतिक व्यवस्थालाई बुझ्ने र क्रान्तिको कार्यदिशाबारे अन्तर छ।

माओवादी केन्द्र वर्तमान राज्यप्रणालीबाट समाजवादको आधार तयार पार्न सकिने र समाजवादको तयारी शान्तिपूर्ण प्रतिस्पर्धाको चरणमा रहेको निष्कर्षमा छ। तर, विप्लव नेतृत्वको नेकपा वैज्ञानिक समाजवादका निम्ति एकीकृत जनक्रान्तिको मान्यतामा छ।

४। माथि उल्लेख गरिएबाहेक आहुतिको वैज्ञानिक समाजवादी पार्टी, रवीन्द्र श्रेष्ठको नेकपा ९बोल्सेभिक०, गोपाल किराँतीको माओवादी केन्द्र लगायतका माओवादी घटकहरू पनि छन्। जसको सैद्धान्तिक मान्यता माथि उल्लेखित कुनै न कुनै घटकको वरिपरि रहेको देखिन्छ।

घटकबिच साझा मान्यता
१। नेकपा (माओवादी केन्द्र) संविधानको प्रगतिशील कार्यान्वयनको पक्षमा छ। उसले क्रान्तिका उपलब्धीहरू रक्षा गर्दै अघि बढ्नुपर्ने मान्यता राख्दछ। यता क्रान्तिकारी–माओवादी पनि क्रान्तिका उपलब्धी रक्षा गर्नुपर्ने मान्यतामा छ। साथै उसले माओवादी घटकहरूबिच संयुक्त मोर्चा बनाउनुपर्ने पक्षमा एकमत देखिन्छ।

२। माओवादी केन्द्र र डा। भट्टराईको जसपाको प्रगतिशील समूहबिच समाजवादी क्रान्तिबारे समान धारणा देखिन्छ। माओवादी केन्द्र पनि समाजवादी क्रान्तिको तयारीको कार्यदिशामा छ।

डा। भट्टराई पनि समाजवादको तयारीमा लाग्नुपर्ने मान्यतामा दृढ छन्। साथै प्राप्त उपलब्धीको रक्षाका सन्दर्भमा पनि दुवै शक्तिबिच समानता देखिन्छ। यद्यपि, समाजवादको अन्तरवस्तुबारे केही भिन्नता देखिन्छ। ३। माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपाबिच नेपालमा पूँजीवादी जनवादी क्रान्ति पूरा भएको समान निष्कर्ष देखिन्छ।

माओवादी केन्द्र पनि समाजवादको आधार तयार पार्ने मान्यतामा छ भने नेकपा पनि समाजवादका निम्ति संघर्षमा छ।साथै विद्रोही नेकपाको शान्तिप्रक्रियामा प्रवेशको निर्णयले दुवै शक्तिबिच समाजवादको शान्तिपूर्ण तयारीका पक्षमा समानता कायम हुँदै गएको देखिन्छ।

४। उल्लेखित शक्तिका अतिरिक्त वैज्ञानिक समाजवादी पार्टी, नेकपा ९बोल्सेभिक०, किराँतीको माओवादी केन्द्र लगायतका घटक पनि नेपालमा पूँजीवादी क्रान्ति मूलतः पूरा भएको निष्कर्ष छन्।यी सबै आधारहरू हेर्दा विचार र कार्यदिशाका दृष्टिले माओवादी घटकहरूबिच एकता हुनसक्ने प्रवलता देखिन्छ।

उल्लेखित विषयलाई विश्लेषण गर्दा विभाजित माओवादीहरू भावनाका दृष्टिले होइन, विचार र कार्यदिशाका दृष्टिले समेत एकतावद्ध हुन सक्ने आधारहरू छन्। माओवादी शक्तिबिच एकताका आधारहरूलाई निम्नानुसार सुत्रवद्घ गर्न सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *