ओली सरकारमा वनमन्त्री , देउवा सरकारमा पनि एस्तो मन्त्री बन्दै

ओली सरकारमा वनमन्त्री , देउवा सरकारमा पनि एस्तो मन्त्री बन्दै

काठमाडौँ – केपी शर्मा ओलीको साथ छाडेर शेरबहादुर देउवातिर लागेका एमाले सांसद प्रेम आले वचनका पक्का ठहरिएका छन् ।प्रतिनिधिसभामा आइतबार शेरबहादुर देउवाको पक्षमा आफूसहित ८ एमाले सांसदलाई उभ्याएपछि पूर्व वनमन्त्री आलेलाई काँग्रेस नेताहरुले ‘वचनका पक्का’ ठहर्याएका हुन् ।

केपी ओलीको मन्त्रिमण्डलमा वनमन्त्री रहेका आलेले ओली समूहबाट विद्रोह गरेर देउवाको पक्षमा ८ मत खसाए । योसँगै उनले बूढानीलकण्ठमा देउवा समक्ष गरेको वाचा पूरा गरेका छन् । आलेले आफूसँग ८ मत रहेको र उनीहरु सबैले विश्वासको मत दिने देउवालाई वचन दिएका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने अघिल्लो दिन शनिबार संसद भवनको ल्होत्से हलमा कोरोना संक्रमण जाँचका लागि स्वाव संकलन भइरहेको थियो । पूर्व वनमन्त्री आले र सांसद किसन श्रेष्ठ स्वाव लिन सँगै बानेश्वर पुगेका थिए ।

स्वाव दिइसकेपछि सांसदहरु मातृका यादव, किसन श्रेष्ठ, प्रेम आले, हरिबोल गजुरेल, प्रेम सुवाल कुरा गर्न थाले । त्यहाँ उनी आफू केपी ओलीलाई छोडेर कतै जान नसक्ने बताइरहेका थिए ।तर, आइतबार भने उनले शेरबहादुर देउवालाई लिएको वचन पूरा गरेरै छाडे । उनले एमालेको ओली क्याम्प छाडेर शेरबहादुर देउवालाई विश्वासको मत दिए ।

तत्कालीन प्रधानमन्त्री केपी ओलीले वन मन्त्रीबाट आलेलाई हटाएर नारदमुनि रानालाई वन मन्त्री बताएपछि आले केपी ओलीसँग रिसाएका थिए । त्यसपछि उनले देउवा निवास पुगेर फ्लोर क्रस गरेर भए पनि प्रधानमन्त्रीमा जिताउने वचन दिएका थिए ।

तर, आफूले सहयोग गरेवापत प्रधानमन्त्री देउवाले आफूलाई पर्यटन मन्त्री बनाउनुपर्ने आलेले माग गर्दै आएका छन् । देउवाले यसबारे माधव नेपालसँग कुरा मिलाउन भनेको स्रोतले बतायो ।

पर्यटनमन्त्रीमा प्रेम आले !

केपी शर्मा ओलीको साथ छाडेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका एमाले सांसद प्रेम आलेको पर्यटनमन्त्रीमा चर्चा सुरू भएको छ।देउवाको पक्षमा आफूसहित एमालेका ८ जना सांसदलाई मत दिन लगाएका आलेले देउवा सरकारमा पर्यटन मन्त्री मागेको चर्चा सुरू भएको हो।तत्कालीन प्रधानमन्त्री केपी ओलीले वन मन्त्रीबाट आलेलाई हटाएर नारदमुनि रानालाई वन मन्त्री बताएपछि आले केपी ओलीसँग रुष्ट थिए।

देउवा प्रधानमन्त्री नियुक्त भएपछि देउवा निवास पुगेर आलेले फ्लोर क्रस गरेर भए पनि ओली पक्षका ८ जनालाई पक्षमा मतदान गर्न लगाउने र त्यसका लागि मन्त्री बनाउन पर्ने धारणा आलेले राखेको पनि स्रोतले बताएको थियो। आइतबार ओली पक्षका ८ जनाले नै देउवाको पक्षमा मतदान गरेपछि आले मन्त्री हुने चर्चा सुरु भएको हो।आलेले पर्यटन मन्त्री मागेपछि देउवाले यसबारे माधव नेपालसँग कुरा मिलाउन आग्रह गरेको स्रोतले बतायो। केपी ओलीको मन्त्रिमण्डलमा आले वनमन्त्री थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *