माधव नेपाल समूह : प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने सन्दर्भमा को कता ? (नामसहित)

माधव नेपाल समूह : प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने सन्दर्भमा को कता ? (नामसहित)

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरु प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सवालमा छिन्नभिन्न भएका छन् ।नयाँबानेश्वरस्थित संसद् भवनमा बैठक जारी रहँदा प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने कि नदिने सन्दर्भमा नेपाल समूहका सबै नेताले प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिने भएका हुन् ।

एमाले पार्टीलाई एकीकृत गर्न गठित कार्यदलका सदस्यमध्ये भीम रावलले भने पार्टी एकताका लागिग १० बुँदाको सहमति अन्तिममा पुगे पनि नेता नेपालकै कारण असम्भव भएको भन्दै सांसद पदबाट राजीनामा दिइसकेका छन् ।

नेता रावल तीन नेताहरु प्रधानमन्त्रीलाई विश्वासको मत दिने कि नदिने सन्दर्भमा तटस्थ बस्ने निर्णय गरेको बताइएको छ । तटस्थ बस्नेहरुमा नेपाल समूहका सांसदहरू घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र योगेश भट्टराई रहेका छन् भने अन्य केहीले पनि तटस्थै बस्ने मनसाय देखाएका छन् तर, उनीहरु प्रष्ट रुपमा नखुलेको बताइएको छ ।

समाचार स्रोतका अनुसार यी ती सांसदसँगै झपट रावल, यज्ञराज सुनुवार, सोमप्रसाद पाण्डे, नारायण खतिवडा, राजबहादुर बुढालगायत केहीले विश्वासको मतमा तटस्थ रहने निर्णय गरेको बताइएको छ ।

निवर्तमान केपी शर्मा ओलीले संसद् विघटन गर्दा शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै अदालतसमक्ष नेपालतर्फबाट हस्ताक्षर गर्नेमा २३ जना सांसद रहेका थिए ।तर, आइतबार प्रधानमन्त्री देउवाले विश्वासको मत माग्दा ४ जना प्रष्ट रुपमा तटस्थमा बस्ने बताइसकेका छन् भने बाँकी सांसदहरुले पनि तटस्थ बस्न रुचाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *