ओलीलाई लखेट्न थाले देउवाले ? ओली सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिबाट खारेज

ओलीलाई लखेट्न थाले देउवाले ? ओली सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिबाट खारेज

काठमाडौँ । प्रधानमन्त्री भए लगत्तै शेरवहादुर देउवाको सरकारले ओली सरकारले गरेका निर्णय उल्ट्याउने प्रकृया सुरु भएको छ । यस अघि ओली सरकारले नियुक्त गरेका ११ राजदुत मध्य ९ जनालाई फिर्ता बोलाउने निर्णय गरेको छ । त्यस्तै राष्ट्रपति विद्यादेवि भण्डारीले केपी ओली नेतृत्वको सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गरेकी छन् ।

शेरबहादुर देउवा नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जानकारी दिएका छन् ।

संवैधानिक परिषद्को बैठकमा विपक्षी दलको नेता, सभामुख नभएपनि बैठक बस्न मिल्ने र संवैधानिक निकायहरुमा नियुक्ती गर्न मिल्नेगरी ओली नेतृत्वको सरकारले अध्यादेश जारी गरेको थियो । यो अध्यादेशको तत्कालिन विपक्षी दल भएका हैसियतले नेपाली कांग्रेसले विरोध गरेको थियो । नयाँ सरकार गठन भएपछि ओली सरकारले जारी गरेको अध्यादेश खारेज गर्ने निर्णय गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरे बमोजिक राष्ट्रपति समक्ष सिफारिस गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *