सुवास नेम्वाङले यस्तो ठोकुवा नै गरेपछि देशभरका एमाले नेता कार्यकर्ताहरुमा पलायो नयाँ आशा !

सुवास नेम्वाङले यस्तो ठोकुवा नै गरेपछि देशभरका एमाले नेता कार्यकर्ताहरुमा पलायो नयाँ आशा !

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले विघटित कार्यदलले असार २७ गते गरेको १० बुँदे सहमति कार्यान्वयन हुने ठोकुवा गरेका छन् । उनको यस्तो ठोकुवा भएपछि पार्टी फुट्ने डर चिन्तित देशभरका नेताकार्यकर्ताहरु समेत आशावादी बनेका छन् ।उपनेता नेम्वाङले १० बुँदे सहमति कार्यान्वयन भएर पार्टी एकता जोगिने दाबी समेत गरेका हुन् ।

शुक्रबार एमालेले विघटन गरेको कार्यदलका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय सदस्यहरुबीच आज (शनिबार) सिंहदरबारमा भएको छलफलपछि उनले यस्तो दावी गरेका हुन् ।

‘अहिले हामी सबैको चिन्ता कम्युनिष्ट आन्दोलन जोगाउने हो । एमाले एकतालाई जोगाउने हो । यो छलफललाई हामी निरन्तर अघि बढाउँछौं’, नेम्वाङले भने, ‘पार्टीमा १० बुँदे सहमति भएको छ । त्यो सहमति पत्र हामीले पार्टी अध्यक्षलाई बुझाएका छौं । शीर्ष नेता माधवकुमार नेपाललाई पनि बुझाएका छौं । त्यही १० बुँदे सहमति कार्यान्वयन गर्दै अगाडि बढेर पार्टीलाई एकतावद्ध बनाउन छलफल गरेका हौं ।’

एमाले एकता जोगिने विश्वाससहित विघटित कार्यदलका सदस्यबीच अनौपचारिक संवाद भएको उनले बताएका छन् ।‘त्यही विश्वासका साथ हामी छलफलमा बसेका छौं । छलफलको मुद्दा १० बुँदे सहमतिलाई कार्यान्वयनमा लैजाने भन्ने नै हो’, उनले सुनाए, ‘१० बुँदे सहमति कार्यान्वयन भएमा एमाले एकता झन मजबुत भएर अघि बढ्छ ।’

यसैबीच, नेकपा एमालेले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको थियो ।अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बसेको स्थायी समिति बैठकले प्रतिपक्षमा बस्ने निर्णय गरेको थियो । संस्थापन पक्षको यो निर्णयले वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने अप्ठ्यारोमा परेको छ।

वरिष्ठ नेताकै कारण एमालेको सरकार ढलेपछि संस्थापन पक्ष धमाधम पेलेरै अगाडी बढ्ने र देउवालाई अपदस्थ गर्ने रणनीति अख्तियार गरेको ओली निकट स्रोतले बतायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *