एमालेको निर्णय लत्याउदैँ अन्ततः अघि बढे माधव नेपाल, मन्त्रीका लागि आफ्नो पक्षका ७ जनाको नाम पठाए बालुवाटार ! (हेर्नुस् नामसहित)

एमालेको निर्णय लत्याउदैँ अन्ततः अघि बढे माधव नेपाल, मन्त्रीका लागि आफ्नो पक्षका ७ जनाको नाम पठाए बालुवाटार ! (हेर्नुस् नामसहित)

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समूह अहिले सर्वाधिक चर्चामा छन् । नेता नेपालकै कारण पटकपटक एमाले एकता भाडिदैँ आएको छ ।केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि एमालेले देउवा सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ । तर सो निर्णय लत्याउदैँ नेता नेपाल अघि बढेका छन् ।

आफ्नै पार्टीको सरकार ढालेर नेता नेपालले देउवा सरकारलाई विश्वासको मत मात्रै हैन् सरकारमै सहभागी हुने अन्तिम तयारी कुरा बाहिरिएको छ ।नेपाल समूहले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने संकेत यसअघि नै देखाइसकेको थियो ।

प्रधानमन्त्रीको सपथ खाए लगत्तै शेरबहादुर देउवाले माधव कुमार नेपाललाई उनको निवासमा भेटेर आफूलाई साथ दिए भने अनुसार मन्त्रालय दिने वाचा गरेका थिए । त्यहि अनुरुप अहिले माधव नेपालले आफ्नो समूहबाट को को मन्त्री बनाउने भनेर लिस्ट देउवालाई बुझाएका छन् ।

बालुवाटार श्रोतका अनुसार माधव कुमार नेपालले ७ जना नेताहरुको नाम पठाएका छन् । सोम प्रसाद पाण्डे, मेटमणी चौधरी, रामकुमारी झाँक्री, जीवन राम श्रेष्ठ, विरोध खतिवडा, यज्ञ राज सुनवार र बेदुराम भूषालको नाम माधव नेपालले देउवालाई पठाएका छन् ।

यी ७ बाट देउवाले ५ वा ६ जनालाई मात्र मन्त्री बनाउने तयारी गरिएको बुझिएको छ । देउवालाई जसरी पनि विश्वासको मत पाउनु पर्ने वाध्यताले माधव नेपालले पठाएको लिस्टका नेताहरुलाई मन्त्री बनाउन राजी भएका छन् । देउवा निकट एक नेताका अनुसार माधव नेपालले पठाएको नाम मध्य एक दुई जनामा देउवा खुशी छैनन् तर माधव नेपाललाई फकाउन भएपनि राजी भएका हुन् ।

माधव नेपाल समूहका अरु नेताहरु भने अहिले देउवा सरकारमा जान हतार हतार नाम दिएकामा रुष्ट भएका छन् । एमालेका अध्यक्ष केपी ओलीसंग वार्ता नगरि निष्कर्षमा पुगेर सरकारमा जान हतार गरेकोमा माधव नेपाल संग भीम रावलदेखि योगेश भट्टराई रुष्ट भएका छन् ।

नेकपा एमालेका नेता गोकूल बास्कोटाले समेत अहिले सामाजिक संजालमा स्ट्याटस लेख्दै देउवा सरकारको मन्त्री मण्डलमा नेपाली कांग्रेसबाट ९ जना, माधव नेपाल समूहबाट ६ जना, माओवादी केन्द्रबाट ५ जना र जसपाबाट ५ जना समावेश हुने गरि सम्झौता भएको कुरा उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *