प्रधानमन्त्री शेरबहादुर देउवाको आधिकारीक ट्वीटर ह्याण्डल सुर्य थापाको कब्जामा !

प्रधानमन्त्री शेरबहादुर देउवाको आधिकारीक ट्वीटर ह्याण्डल सुर्य थापाको कब्जामा !

काठमाडौं, १ साउन । प्रधानमन्त्रीको नियुक्तीमा संविधानको धारा नै गायब पारेर राष्ट्रपति संस्थाकै दुरुपयोग गरेका निवर्तमान प्रधानमन्त्री केपी ओली समुहले नयाँ प्रधानमन्त्रीको ट्वीटर ह्यान्डल नै कब्जा गरेका छन् ।

स्रोतका अनुसार ओलीका प्रेस सल्लाहकार सुर्य थापाले बालुवाटारको ट्वीटर नै कब्जा गरेका हुन् । यद्धपी उनले भने जेष्ठ २९ गते नै ट्वीटरको पासवर्ड हस्तान्तरण गरेको बताएका छन् ।मुख्यसचिव शंकरदास वैरागीलाई हस्तान्तरण गरेको भनिएपनि वास्तवमा ओली समुहकै साइबर ‘फिसर’हरुले ट्वीटर नै कब्जा गरेका हुन् ।

६ लाख ४७ हजार फलोअर्स रहेको ट्विटर अकाउन्टलाई ओलीको सचिवालयले ‘कब्जा’ गरेपछि देउवाको सचिवालयले अहिले नयाँ अकाउन्ट खोलेको छ । पुरानो ह्यान्डिलमा सबै फलोअर नै गायब भएका छन् ।

सरकारको आधिकारीक ट्वीटर र फेसबुक पेजको पासवर्ड देउवाको सचिवालयलाई हस्तान्तरण गर्नुको सट्टा मुख्यसचिवलाई हस्तान्तरण गरेका थियौँ भन्दै ओली समुह टकटकिएको छ ।

‘प्रधानमन्त्रीको आधिकारिक ह्याण्डल राष्ट्रिय सम्पत्ति हो, यसको संरक्षण र निरन्तरता हुनुपर्नेमा हामी स्पष्ट छौँ,’ पूर्व प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार थापाले लेखेका छन् ।

तर, थापाको यो हतास अभिव्यक्तिलाई विभिन्न आशंकाले हेरिएको छ । उनले संरक्षणको नाममा आफैले ह्याण्डल कब्जा गरेको आरोप बालुवाटार स्रोतको छ । साइबर ब्युरोको विशेषज्ञको सहायतामा अनुसन्धानपछि ह्याण्डल कब्जा गरे साइबर अपराधमा कारबाही गर्ने बालुवाटार स्रोतको तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *