एमाले बैठकमा ओलीको देउवालाई कटाक्ष : ‘म प्यार बेचिदिन्छु, बहार बेचिदिन्छु’

एमाले बैठकमा ओलीको देउवालाई कटाक्ष : ‘म प्यार बेचिदिन्छु, बहार बेचिदिन्छु’

काठमाडौ । नेकपा (एमाले) को संसदीय दलको बैठक सुरु भएको छ । बैठकमा आफ्ना भनाई राख्दै पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाललाई अब पार्टीमा कुनै स्थान नभएको दोहोर्याएका छन् । उनले नेपाललाई अपराधिको संज्ञा दिएका छन् ।

सिंहदरबारस्थित संसद भवनको ल्होत्से हलमा शुक्रबार दिउँसो बसेको संसदीय दलको बैठकमा बोल्दै ओलीले आफ्नो सरकार ढालेर विपक्षी दलको सरकार बनाउने अ प रा ध नेपालले गरेको बताए।

‘अरू कोही व्यक्तिगत रूपमा पार्टीमा आउँछन् भने आऊन् तर माधव नेपाल मुख्य अ प रा धी हुन् उनलाई पार्टीमा कुनै ठाउँ छैन,’ बैठकमा ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

उनले नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा प्रधानमन्त्री बनेपछि सरकार समेत गठन गर्न नसकेको बताएका छन् । देउवालाई कटाक्ष गर्दै ओलीले चलचित्र माइतीघरको गीत पनि सम्झिए। माइतीघरको गीत ‘म प्यार बेचिदिन्छु, बहार बेचिदन्छु’ भने जस्तै अहिले पैसा मिलाइदिने र मन्त्री पद दिने कुरा गर्न थालेको पनि आरोप लगाए।

‘माइतीघरको म प्यार बेचिदिन्छु, बहार बेचिदिन्छुु भन्ने जस्तै म मन्त्री बनाइ दिन्छु। म पैसा मिलाइदिन्छु, म सबै कुरा मिलाइदिन्छु भन्न थालेका छन्ु, पूर्वप्रधानमन्त्री ओलीले देउवा नेतृत्वको सरकारप्रति कटाक्ष गर्दै भने, ‘तर त्यो अब पार लाग्दैन।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *